न्युयोर्कको सबवे स्टेशनमा गोली चल्यो

हिमाल प्रेस १ फागुन २०८० १७:००
18
SHARES
न्युयोर्कको सबवे स्टेशनमा गोली चल्यो सांकेतिक तस्बिर

अमेरिका/न्युयोर्क- न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चलेको छ। उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै एबीसी न्यूजले जनाएको छ।

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परका अनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो।

गोली लागेर घाइते भएका चारजना पुरुष र दुईजना महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। रासस/एएनआई

प्रकाशित: १ फागुन २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =