‘सामाजिक सञ्जालमा जथाभावी नलेख्नू, कारबाही हुन्छ’

हिमाल प्रेस १७ असोज २०८० १८:१४
10
SHARES
‘सामाजिक सञ्जालमा जथाभावी नलेख्नू, कारबाही हुन्छ’ प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीले सामाजिक सञ्जालमा जथावाभी नलेख्न र प्रकाशन नगर्न आग्रह गरेको छ।

प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै सामाजिक सद्‌भाव भड्काउने, राष्ट्रिय अखण्डतामा खलल पार्ने, शान्ति सुरक्षा भंग गर्नेजस्ता विषय सामाजिक सञ्जालमा प्रकाशन/प्रसारण गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित: १७ असोज २०८० १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =