कट्रिना र विजय अभिनीत ‘मेरी क्रिसमस’को प्रदर्शन मिति सर्यो‍

हिमाल प्रेस १७ असोज २०८० १६:००
4
SHARES
कट्रिना र विजय अभिनीत ‘मेरी क्रिसमस’को प्रदर्शन मिति सर्यो‍

काठमाडौँ  बलिउड अभिनेत्री कट्रिना कैफ र दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति अभिनीत फिल्म ‘मेरी क्रिसमस’ को प्रदर्शन मिति सरेको छ।

फिल्म अब आफ्नो निर्धारित मितिभन्दा अघि नै सिनेमा हलमा लाग्नेछ। फिल्म एक साताअघि डिसेम्बर ८मा प्रदर्शनमा आउनेछ। यसअघि फिल्म डिसेम्बर १५मा रिलिज हुने बताइएको थियो।

बहुप्रतीक्षित ‘मेरी क्रिसमस’ प्रभासको ‘सालार’ र शाहरुख खानको ‘डंकी’सँग जुध्ने कारणले निर्माण पक्षले यसको प्रदर्शन मिति सारेको हो।

श्रीराम राघवन फिल्मका निर्देशक हुन्। उनले ‘अन्धाधुन’ र ‘बदलापुर’जस्ता फिल्म निर्देशित गरेका छन्। फिल्म हिन्दी र तमिल भाषामा छायांकन भएको छ।

फिल्ममा कट्रिना र विजयबाहेक संजय कपुर, विनय पाठक, टीनु आनन्दलगायत कलाकारको अभिनय छ। तमिल संस्करणमा राधिका सरथकुमार, शनमुगराजा, केविन जय बाबुलगायत कलाकार छन्। फिल्ममा अश्विनी कालसेकर र राधिका आप्टे अतिथि भूमिकामा छन्।

कट्रिनाले पहिलोपटक दक्षिण भारतीय फिल्ममा काम गर्देछिन्। यसबाहेक उनी सलमान खानसँग ‘टाइगर ३’मा देखिनेछिन्। त्यस्तै विजय सेतुपति फिल्म ‘जवान’मा देखिएका थिए। विजयको फिल्म ‘महाराजा’को पोस्टर सार्वजनिक भइसकेको छ। ‘विदुथरलाई पार्ट २’को छायांकनमा पनि उनी व्यस्त छन्।

प्रकाशित: १७ असोज २०८० १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =