नेपालगन्‍ज घटनाबारे सरकारले भन्यो : सामाजिक सद्‌भाव कायम राखौँ

हिमाल प्रेस १६ असोज २०८० १९:३५
12
SHARES
नेपालगन्‍ज घटनाबारे सरकारले भन्यो : सामाजिक सद्‌भाव कायम राखौँ

काठमाडौँ- सरकारले सामाजिक सद्भाव कायम राख्न नागरिकहरूलाई आग्रह गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालगञ्जमा भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै घृणा र द्वेष फैलने घटना नगर्न आग्रह गरेको छ।

मन्त्रिपरिषद्को बैठककपछि सरकारकी प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले सामाजिक सद्भाव कायम गर्न र प्रचलित कानुनविपरीत हुने कार्य नगर्न अपिल गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बताइन्।

सामाजिक सञ्जालमा विषयहरू राख्दा आधारहीन कुरा नराख्न पनि सरकारले आग्रह गरेको छ। आधारहीन कुरा सामाजिक सञ्जालमा राख्न,रोक लगाएको कुरा प्रसारण र प्रकाशन न‍गर्न अनुरोध गरिएको उनले बताइन्।

त्यस्तै सुदूर पश्चिममा गएको भूकम्पमा क्षतिको विवरण संकलन गर्ने र उद्धारमा लाग्न राज्यका निकायहरुलाई निर्देशन दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताइन्। मन्त्रिपरिषद्ले चार्डपर्वमा उच्च माग हुने खाद्य वस्तुको मूल्यवृद्धी र कालोबजारी नियन्त्रण गर्न सरकारले ध्यानाकर्षण भएको भन्दै यसका लागि सरकारले तत्काल कदम चाल्ने निर्णय पनि गरेको जानकारी उनले दिइन्।

व्यापारीले कालोबजारी गरिरहेको सूचना भएमा हेलो सरकारमा सूचना दिन आग्रह गर्दै उनले त्यस्तो भएमा कानुन बमोजिम कारवाही हुने बताइन्। त्यस्तै शुपथ मूल्य पसल सञ्चालन गर्ने र बजार अनुगमन गर्ने, कालोबजारी नियन्त्रण गर्ने निर्णय पनि सरकारले गरेको छ। कालो बजारीमा संलग्न जो कोहीलाई कडा कारबाही हुने उनले बताइन्।

त्यस्तै मन्त्रिपरिषद्ले विशेष अदालत सम्बन्धी नियमावली पनि स्वीकृत गरेको छ।

प्रकाशित: १६ असोज २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =