एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

हिमाल प्रेस १६ असोज २०८० ६:३९
10
SHARES
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

काठमाडौँ- नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।

गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।

खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याए। ३५ मत बदर भएको छ।

प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो ।

एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार उपाध्यक्षमा टिकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी र उपसचिवमा देवान राई र जलबर्षा राजवंशी निर्वाचित भएका छन्।

उपाध्यक्ष चेम्जोङ भने निर्विरोध निर्वाचित भएका थिए। सचिवमा निर्वाचित भण्डारी अध्यक्षमा निर्वाचित खतिवडा समूहका उमेद्वार हुन्।

प्रकाशित: १६ असोज २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =