यस्तो छ ‘दिमाग खराब’को गीत ‘झम्के झमा झम’

हिमाल प्रेस १५ असोज २०८० १६:४१
26
SHARES
यस्तो छ ‘दिमाग खराब’को गीत ‘झम्के झमा झम’

काठमाडौँ- फिल्म दिमाग खराबको ‘झम्के झमा झम’ बोलको गीत सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो। बाबुल गिरीको शब्द रहेको गीतमा सुमित खड्का र नम्रता काफ्लेको स्वर छ। गीतमा संगीत र संगीत संयोजन गीतकार गिरीकै छ।

रोमान्टिक गीतको भिडियोमा फिल्मका प्रायः कलाकार देखिएका छन्। फिल्ममा दयाहाङ राई, खगेन्द्र संग्रौला, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकार छन्।

जनता र शक्तिको कथामा बनेको फिल्मको पटकथा लेखन आकाश बरालले गरेका हुन्। फिल्ममा निमेष श्रेष्ठको सम्पादन र सुसन प्रजापतिको छायांकन छ। ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा बनेको फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्।

प्रकाशित: १५ असोज २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =