सभामुखले पालना गरेनन् कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति

हिमाल प्रेस १४ असोज २०८० १४:५५
42
SHARES
सभामुखले पालना गरेनन् कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति सभामुख देवराज घिमिरे।

काठमाडौँ- कार्यव्यवस्था परामर्श समितिमा गरिएको सहमति पालना गर्न नसकेपछि सभामुख देवराज घिमिरे अप्ठ्यारोमा परेका छन्। प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख घिमिरेले दलहरूबीच आजको बैठकमा शून्य र विशेष समय नराख्ने सहमति गरेका थिए।

तत्कालै भन्नुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले समय मागे। उनले दुई मिनेटको समय दिए। त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले समय मागेर बैठक अवरुद्ध गरे। सभामुखले पटक–पटक दलीय आधारमा भएको सहमतिअनुसार कार्यसूचीमा जान आग्रह गरे। तर, राप्रपाका सांसदले दलहरूबीच नै विभेद गरिएको भन्दै विरोध जनाए।

राप्रपाका तीन संसदले उठेर विरोध गरेपछि नेमकिपाका प्रेम सुवालले पनि साथ दिए। राप्रपाका लागि सभामुखले एक मिनेटको समय दिए। त्यसपछि सत्तारूढ दलका सांसदहरूले नै विरोध जनाए। सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिका र चीन भ्रमणबारे जानकारी गराउन समय दिएपछि सांसदहरू बसेका थिए।

प्रकाशित: १४ असोज २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 13 =