पोखराको ‘द लिंकन’ ब्यान्ड कम्पिटिसनमा पहिलो

हिमाल प्रेस १४ असोज २०८० ११:२३
6
SHARES
पोखराको ‘द लिंकन’ ब्यान्ड कम्पिटिसनमा पहिलो

पोखरा- इन्टरकलेज ब्यान्ड कम्पिटिसनमा पोखरा लिंकन कलेजको ‘द लिंकन’ ब्यान्ड पहिलो भएको छ। पोखरा सांगीतिक कलाकार संघ आयोजनामा पोखरामा पहिलो पल्ट भएको प्रतियोगितामा उत्कृष्ट प्रस्तुति आधारमा द लिंकन ब्यान्ड प्रथम हुँदै १ लाख रुपैयाँ जितेको हो।

यस्तै, इन्फोमेटिक्स कलेजको ‘द इन्टरभल्स’ ब्यान्ड दोस्रो र ग्लोबल कलिजियटको उत्वेग ब्याण्ड तेस्रो भएको छ। उनीहरूले क्रमशः ५० र २५ हजार प्राप्त गरे। १८ कलेजका २१ ब्यान्डले भाग लिएको प्रतियोगिताको फाइनल राउण्डमा १० ब्याण्ड पुगेका थिए।

उत्कृष्ट भोकलमा पोखरा लिंकनका रोमित गुरुङ, लिड गिटार कालिका माविका अनमोल थापा, रिदम गिटारमा इन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिंकनका विनोद सुनार उत्कृष्ट घोषित भए।

विधागततर्फका उत्कृष्टलाई जनही ५ हजार साथमा प्रमाणपत्र दिइयो। विजयीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्यामसुङ गुरुङ, सल्लाहकार तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, सहसचिव विनोद बानियालगायतले पुरस्कार वितरण गरे।

समापनमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कला र संगीत देशको पहिचान र सभ्यतासँग जोडिने भन्दै यसको संरक्षण र विकासमा महानगरले सघाउने बताए। २ दिनसम्म भएको कार्यक्रममा शनिबार भाष्करध्वज श्रेष्ठको डि–मर्चा ब्यान्ड र शान्तराज बज्राचार्यको देउराली ब्यान्डको विशेष प्रस्तुतिमा दर्शक झुमेका थिए।

प्रकाशित: १४ असोज २०८० ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =