एसियाली खेलकुद : माल्दिभ्ससँग पहिले ब्याटिङ गर्दै नेपाल

हिमाल प्रेस १४ असोज २०८० ७:१९
8
SHARES
एसियाली खेलकुद : माल्दिभ्ससँग पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा आइतबार नेपाल र माल्दिभ्स भिड्दै छन्। चीनको होङ्जाउमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

नेपालले ५ ओभरमा ४७ रन बनाएर १ विकेट गुमाएको छ। ओपनर आसफि शेख ८ बलमा ६ रन बनाएर आउट भएका छन्। कुशल भुर्तेल १५ बलमा ३० रन बनाएर खेलिरहेका छन्।

उनलाई साथ दिन मैदानमा आएका विनोद भण्डारी ७ बलमा ९ रन बनाएर खेलिरहेका छन्। समूह ‘ए’मा नेपालले पहिलो खेलमा मंगोलियालाई विभिन्न कीर्तिमानसहित पराजित गरेको थियो।

क्रिकेट टी-२० फर्म्याटमा भइरहेको छ।

मंगोलियाविरुद्ध नेपालको जितमा पनि कीर्तिमानी

प्रकाशित: १४ असोज २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =