नेपालमा ३० एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

हिमाल प्रेस १२ असोज २०८० १४:१७
26
SHARES
नेपालमा ३० एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

काठमाडौँ- नेपालमा तीन वटा नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर इण्डिया, इन्डिगो एयर, एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स, भूटान एयरलाइन्स, विमान बङ्गलादेश र ड्रुक एयरले उडान गर्दै आएका छन्।

त्यस्तै क्याथे प्यासिफिक, भिस्तारा, जजीरा एयरवेज, कोरियन एयरलाइन्स, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्सलगायत वायुसेवाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिइरहेका छन्।

एयर अरेबिया अबुदाबी, मलेसिया एयरलाइन्स, कुवेत एयरवेज, मालिन्दो एयर, सलाम एयर, थाई लाइन, थाई स्माइल एयरलाइन्सलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपालबाट उडान सेवा दिँदै आएका छन्।

प्रकाशित: १२ असोज २०८० १४:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =