‘रिलिज वर्ल्ड’मार्फत ओटीटीमा नेपाली फिल्म

हिमाल प्रेस ९ असोज २०८० १३:०६
8
SHARES
‘रिलिज वर्ल्ड’मार्फत ओटीटीमा नेपाली फिल्म

काठमाडौँ- विश्वका प्रतिष्ठित ओटीटी प्लेटफर्ममा नेपाली फिल्म प्रदर्शन गरिनेछन्। डिजिटल रिलिज अमेरिकन कम्पनी ‘रिलिज वर्ल्ड’ले एसियाका फिल्म ओटीटीमा प्रदर्शन गर्ने बाटो खुल्ला गरेपछि नेपाली फिल्म पनि ओटीटीबाट प्रदर्शन हुनेछन्। कम्पनीले अबदेखि नेपाली फिल्म नेटफ्लिक्स, वुट, अमेजन प्राइम भिडियोलगायत तीन सयभन्दा बढी प्रमुख ओटीटी प्लेटफर्ममा रिलिज गर्नेछ।

एसिया हेर्ने कार्यालय भारतस्थित मुम्बईमा रहेको छ। नेपालको फिल्म वितरण तथा निर्माण कम्पनी नमस्ते इन्टरटेन्मेन्टले नेपाली फिल्मलाई प्लेटफर्ममा रिलिज गराउने आधिकारिकता लिएको छ। ५५ भन्दा बढी भाषामा नेपाली फिल्मलाई ओटीटी प्लेटफर्ममा पुर्या‍उन नमस्ते इन्टरटेन्मेन्टले सघाउनेछ।

कम्पनीका प्रमुख तथा फिल्म निर्देशक शिव घिमिरे हलिउड र बलिउड फिल्मजस्तै ओटीटीको माध्यमबाट नेपाली फिल्मलाई पनि विश्वभर पुर्याउन ‘रिलिज वर्ल्ड’बाट आधिकारिकता लिएको बताउँछन्। ‘फिल्मले राम्रो बजार पाउन नसकिरहेको अवस्थामा अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा फिल्म रिलिज हुँदा २५ प्रतिशतसम्म व्यापार बढ्नेछ,’ उनी भन्छन्।

‘युट्युबमा ५० लाख दर्शकले फिल्म हेर्दा ५० देखि १ करोडभन्दा बढी रकम प्राप्त गर्न सकिँदैन,’ घिमिरे भन्छन्, ‘त्यही दर्शकले ओटीटीमा फिल्म हेर्दा २७ देखि ३२ करोड रुपैयाँको व्यापार हुन्छ।’ यस विषयमा निर्माताहरुले सोच्न जरुरी रहेको उनी बताउँछन्। ‘रिलिज वर्ल्ड’आफैँले लग इन गरेर आफूले चाहेको मितिमा फिल्म प्रदर्शन गर्न सकिनेछ,’ उनी भन्छन्, ‘साथै फिल्मको आम्दानीको सम्पूर्ण विवरण पनि निर्माताको लग इन अकाउन्टमार्फत हेर्न सकिनेछ।’

प्रकाशित: ९ असोज २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =