द गुरुङ (तमु) सोसाइटीको अध्यक्षमा ओम गुरुङ

हिमाल प्रेस ८ असोज २०८० १८:२६
6
SHARES
द गुरुङ (तमु) सोसाइटीको अध्यक्षमा ओम गुरुङ

काठमाडौँ- द गुरुङ (तमु) सोसाइटी इंक यूएसएको अध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्। सोसाइटीको आइतबार भएको साधारण सभा तथा १२ औँ अधिवेशनले ओमको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा अलिशा गुरुङ, महासचिवमा मच्छेदेवी गुरुङ, सहसचिवमा विजय गुरुङ, कोषाध्यक्षमा अञ्जित गुरुङ, सहकोषाध्यक्षमा करुणा गुरुङ निर्विरोध निर्वाचित भएका छन्। सदस्यहरूमा भक्त गुरुङ, लिला गुरुङ, गोमा गुरुङ, अशोक गुरुङ, विन्दु गुरुङ, भीम गुरुङ, वुद्धि गुरुङ, सागर गुरुङ, अभिषेक गुरुङ, हिरालाल गुरुङ, अर्जुन गुरुङ, प्रयुद गुरुङ, प्रकाश गुरुङ, नविन गुरुङ, केभिन गुरुङ निर्विरोध चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष ओम गुरुङले संस्थाको आर्थिक अवस्थालाई सुदृढ गर्न पहल गर्ने बताए। साथै सांस्कृतिक, शैक्षिक, खेलकुदलगायत विभिन्न समितिहरू बनाएर युवाहरूको सहभागितालाई प्राथमिकता दिने उनले प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङलाई सम्मान गरिएको थियो। त्यस्तै नेपाल तथा यूकेबाट आएका गुरुङ आमाबुबाहरूलाई स्वागत तथा खादा ओढाएर सम्मान गरिएको थियो।

द गुरुङ ९तमु० सोसाइटी इंक, न्यूयोर्कको स्थापना सन् १९९९ मा भए पनि औपचारिक रूपमा जुन ३१, २००१ मा विधिवत् रूपमा सञ्चालनमा छ। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =