कामनपाको श्रम बैंकमा चार सय आवेदन

हिमाल प्रेस ६ असोज २०८० १६:३१
10
SHARES
कामनपाको श्रम बैंकमा चार सय आवेदन काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा ४ सय आवेदन परेका छन्। गत भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेका महानगरका प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन्।

उनका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो।

सोही अनुसार महानगरले आवेदन माग गरेको हो। ‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी शुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ,’ प्रमुख राईले भनिन्।

उनका अनुसार केन्द्रमा एक महिनाको अवधिमा चार सय आवेदन परेका छन्। महानगरका ३२ वटै वडामा आवेदन आएको जानकारी प्राप्त भएको उनले बताइन्। महानगरले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको बताउँदै उनले संकलन भएका आवेदनबाट प्राथमिकिकरण र वर्गीकरणको काम भइरहेको बताइन्।

कार्यक्रमको मुख्य उद्देश्य सहज रूपमा श्रमिक उपलब्ध गराइ सीप र क्षमता भएका श्रमिकलाई काममा लगाएर उचित पारीश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताइन्। रासस

प्रकाशित: ६ असोज २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =