विदेशी भूमिमा नेपाली संविधान दिवस [तस्बिरहरू]

हिमाल प्रेस ४ असोज २०८० २२:०७
140
SHARES
विदेशी भूमिमा नेपाली संविधान दिवस [तस्बिरहरू]

काठमाडौँ- विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन्। बुधबार नेपालको संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका हुन्।

सरकारले संविधान दिवस मनाउन सबैलाई सर्कुलर गरेको थियो। चीन, पाकिस्तान, क्यानडा, कुवेत, ओमान, बंगलादेश, साउदी अरेविया, जर्मनी, जापान, इजिप्ट, अस्ट्रेलिया, मलेसिया, ब्राजिललगायत मुलुकमा रहेका नेपाली दूतावासले विविध कार्यक्रम गरी नेपालको संविधान दिवस मनाएका हुन्।

सबै जसोले आयोजना गरेको कार्यक्रममा त्यहाँको सरकारका विभिन्न निकाय, विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, व्यापारिक संस्था, सञ्चारकर्मी र नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो।

स्लामाबाद र डन पत्रिकामा नेपालको संविधान चर्चा

पाकिस्तानमा आयोजना गरिएको कार्यक्रमको भने त्यहाँको प्रख्यात सञ्चार माध्यमले नेपाली संविधान दिवसको कार्यक्रम भन्दै पहिलो पृष्ठमा तस्बिर सहितको समाचार छापेको छ।

स्लामाबाद पोष्ट र द डनलगायतले यस्तो समाचार छापेको हो। सबै राजदूतले यसरी कार्यक्रमपछि त्यहाँको प्रतिष्ठित पत्रिका र सञ्चार माध्यममा आफ्नो उपस्थिति जनाउन सक्नुपर्ने चीनका लागि नेपालका एक पूर्वराजदूतको भनाइ छ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी अहिले भएकामा अलिक सक्रिय राजदूत रहेका ती पूर्वराजदूतको भनाइ छ। उनी परराष्ट्र सेवाबाट राजदूत हुनेमध्येमा सक्रिय देखिन्छन्।

उनले पाकिस्तानमा नेपाल सम्झने सबै जसो पूर्वप्रधानमन्त्री भेट्ने, संगीत र गजलमा लागेका प्रख्यातहरूलाई भेट्ने, नेपाल आउने गरेको स्थानमा जाने, हिन्दुहरूको स्थान तथा मन्दिर र नेपाल कनेक्सन खोज्ने एवं त्यहाँको पत्रिकामा त्यसबारे लेख्नलगाउनेलगायत कार्य गरिरहन्छन्।

सबै जसो दूतवाासमा राष्ट्रिय झण्डा फहराएर नेपाल र त्यस देशको झण्डा अंकित केक काटेर संविधान दिवस मनाइएको थियो। उक्त क्रममा नेपालको संविधान र वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिने काम पनि भएको थियो।

 

कार्यक्रममा त्यहाँ रहेको नेपाली समुदाय, माइग्रेट गरेर नेपाली भाषी बनेकाहरू र त्यहाँका अधिकारीहरूको उपस्थिति थियो। कतिपयले त अन्तरक्रिया कार्यक्रम नै समेत गरेका थिए। त्यसपछि झण्डात्तोलन गरेर राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाउनुका साथै संविधानको विषयमा चर्चा पनि भएको थियो।

सशक्त महिला कार्यवाहक

क्यानडा र कुवेतमा महिला चार्च डे अफेर्यसले पनि आफ्नो दूतावासमा राम्रै तहको उपस्थिति सहितको कार्यक्रम गरेर नेपालको संविधानबारे जानकारी दिएका छन्। क्यानडाका रोजिना ताम्राकार र कुवेतकी सुजनी राणाले यस्तो कार्यक्रम गरेका हुन।

उपसचिवको रूपमा उनीहरूले कार्यबाहक राजदूतको जिम्मेवारी सम्हाली रहेका छन्। उनीहरूको यो दोस्रो पोष्टिङ भए पनि निकै खटिने र खारिएर काम गर्ने सूचीमा रहेकामा पर्छन्।

यसअघि पनि महिला कार्यबाहकले यस्ता कार्यक्रम गरेका छन्। तर, महत्त्वपूर्ण कार्यक्रम सम्पूर्ण भाति पुर्‍याएर गर्दा परराष्ट्र मन्त्रालय पनि सन्तुष्ट छ। कुवेतमा राजदूत जाने तयारी भइरहे पनि क्यानडामा भने राजदूत नै सिफारिस नभएकाले अझै केही समय रोजीनाको नेतृत्वमा नै दूतावास रहनेछ।

रोजीना यसअघि ओमानमा पनि केही समय कार्यबाहक भएकी थिइन। उनी त्यहाँ पनि राम्रो काम गरेकी परराष्ट्र अधिकारीमा गनिन्छन्।

उपसचिव सीता बस्नेत कार्यवाहक राजदूतका रूपमा फ्रान्समा रहेकी छन्। उनले पेरिसस्थित नेपाली दूतावासमा विभिन्न कार्यक्रम गरी नेपालको संविधान दिवस मनाइएको जानकारी दिइन्।

 

प्रकाशित: ४ असोज २०८० २२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =