राति यी प्रदेशमा भारी वर्षा

हिमाल प्रेस ४ असोज २०८० १९:५९
18
SHARES
राति यी प्रदेशमा भारी वर्षा फाइल तस्बिर।

काठमाडौँ- आज (बिहीबार) देशभर वर्षा र कोशी प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेकाले होसियारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भवना छ। साथै कोशी प्रदेशको तराई क्षेत्रका एक/दुई स्थानमा हावाहुरीको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

प्रकाशित: ४ असोज २०८० १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =