उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

हिमाल प्रेस ४ असोज २०८० १३:५८
4
SHARES
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ– शिक्षक आन्दोलनका कारण बिहीबार राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। देशभरबाट आएका शिक्षकहरू राजधानीको माइतीघर क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन्। विद्यालय शिक्षक र कर्मचारीहरू विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद्‌मा दर्ता भएपछि आक्रोशित भएका हुन्।

विगतमा सरकारसँग भएका सहमति र पटकपट भएका वार्तामा भएको प्रतिबद्धतालाई ऐनमा नसमेटिएपछि विद्यालय बन्द गरेर शिक्षक र विद्यालय कर्मचारी काठमाडौँ आएका छन्।

आन्दोलनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँका कोटेश्वर, नयाँ बानेश्वर, त्रिपुरेश्वर, पुतलीसडक, रत्नपार्क क्षेत्रमा ट्राफिक चाप बढेको छ।

वैकल्पिक सडकहरुमा समेत सवारीसाधनको लामो जाम भएको छ। यसअघि शिक्षक महासंघको नेतृत्वले आन्दोलनको रुट व्यवस्थापन लागि गृहमन्त्रीसँग आग्रह गरेको थियो। तर व्यस्त सडक खण्ड माइतीघरदेखि बानेश्वर क्षेत्रमा नै आन्दोलन भएपछि सवारी आवागमन अस्तव्यस्त हुन पुगेको हो।

प्रकाशित: ४ असोज २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =