टीकापुर घटनाका तीनजनालाई आममाफी

हिमाल प्रेस ३ असोज २०८० १४:३७
16
SHARES
टीकापुर घटनाका तीनजनालाई आममाफी

धनगढी- कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा कारागारमा रहेका ३ जनालाई आममाफी दिँदै रिहा गरिएको छ। संविधान दिवस २०८० को अवसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी अभियोगमा कारागारमा रहेका ३ जनालाई आममाफीसहित रिहा गरिएको हो।

रिहा हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ३ का वीरबहादुर चौधरी, साविकको मुनुवा गाविस वडा नम्बर ४ का प्रदिप चौधरी र हरिनारायण चौधरी छन्।

उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता चौधरी, कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरीलगायतले नेता तथा कार्यकर्ताले कारागार परिसरमै स्वागत गरेका थिए।

सो अवसरमा पार्टीका संरक्षक रेशमले सरकारले टीकापुर घटनामा थुनामा रहेकालाई आममाफी दिई रिहा गरेकोमा धन्यवाद पनि व्यक्त गरे।‘सरकारको निर्णय स्वागतयोग्य छ। टीकापुर घटनामा फरार रहेका व्यक्तिहरूका बारेमा सरकारले निर्णय लिनुपर्छ।

यो मुद्दा फिर्ता गराउनतर्फ अब जोड रहनेछ। यसका लागि आज नै पार्टीको बैठक बसाइने छ,’ उनले भने। अध्यक्ष श्रेष्ठले निर्वाचनका क्रममा लिइएको एजेण्डा अहिले आएर सफल भएको बताइन्।‘अब मन्त्रिपरिषद्‍को बैठकमा टीकापुर घटनामा फरार सूचीमा रहेका व्यक्तिबारे छलफल गरिनेछ,’ उनले भनिन्।

संविधान दिवसको अवसरमा टीकापुर घटनामा पोखरामा रहेका नाबालकलाई पनि आम माफी दिइएको छ।

प्रकाशित: ३ असोज २०८० १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =