रुससँगको युद्धका लागि थप सहायता माग्न अमेरिकी राष्ट्रपतिलाई भेट्दै युक्रेनी राष्ट्रपति

हिमाल प्रेस ३० भदौ २०८० १५:४३
6
SHARES
रुससँगको युद्धका लागि थप सहायता माग्न अमेरिकी राष्ट्रपतिलाई भेट्दै युक्रेनी राष्ट्रपति फाइल तस्बिर

वासिङ्टन- युक्रेनी भलाेदिमिर जेलेन्स्कीले उनका समकक्षी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने भएका छन्। वासिङ्टनस्थित अमेरिकी राष्ट्रपतिको कार्यालयमा दुई राष्ट्रपतिबीच आगामी बिहीबार भेटवार्ता हुने भएको हो।

युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसँग आग्रह गर्ने बताइएको छ। आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने छन्।

बाइडेन प्रशासनले कंग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ। यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा ८ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ।

केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन्। विशेष गरी रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन्।
युक्रेनको सुस्त प्रगतिको पनि उनीहरूले आलोचना गर्दै आएका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गरेका थिए। यो सहायतामा युरेनियम ट्यांक र गोलाबारुद पनि समावेश छ।

यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिरोधपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो। दुवै नेता यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा पनि सहभागी हुने कार्यक्रम छ।

महासभालाई सम्बोधन गर्ने तथा विश्व नेताहरूसँग भेटघाट गर्ने युक्रेनी नेताको योजना छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार नै युक्रेनी समकक्षीसँग भेट्ने निश्चित भएको छ। रासस/एपी

रुस-युक्रेन वार्ताका लागि बाइडेनको शर्त पुटिनद्वारा अस्वीकार

युक्रेनमाथि हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्यायाे : युक्रेनी राष्ट्रपति

प्रकाशित: ३० भदौ २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =