रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्यायाे : युक्रेनी राष्ट्रपति

हिमाल प्रेस १८ साउन २०८० २०:५७
12
SHARES
रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्यायाे : युक्रेनी राष्ट्रपति

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोको ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखिएको बताएका छन्। मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले लगाएका छन्। ‘रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,’ जेलेन्स्कीले भिडियो सम्बोधनमा भनेका छन्, ‘उसले विश्वव्यापी विपत्ति निम्त्याएर लडिरहेको छ। रूसले विश्व खाद्य बजार ध्वस्त होस् भन्ने चाहेकाे छ। उसलाई मूल्य संकट र आपूर्तिमा अवरोध चाहिएको छ।’

युक्रेनी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह किपरलाई उद्धृत गर्दै सीएनएनले कीएभमा बुधबार ड्रोन आक्रमण भएपछि ओडेसा क्षेत्रको बन्दरगाह र औद्योगिक संरचनामा क्षति पुगेको उल्लेख गरेकाे छ।

रूस र युक्रेन दुवैले मंगलबार एकअर्कामाथि सीमापार आक्रमण गरेको आरोप लगाएपछि यो कदम चालिएको सीएनएनले उल्लेख गरेकाे छ। यसैबीच युक्रेनले बुधबार बिहान कीएभमा १० वटा ड्रोन खसालेको केही समयपछि नै आक्रमण भएको सीएनएनले उल्लेख गरेकाे छ। कीएभ नगर सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले बुधबार बिहान एक टेलिग्राम पोस्टमा किभमाथि १० वटा ड्रोन खसालेको पुष्टि गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले आइतबार रूसमा युद्ध ‘बिस्तारै फर्कँदै गएको’ चेतावनी दिँदै यो ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको प्रतिक्रिया दिएका थिए। युक्रेनका राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जेलेन्स्कीले भनेका छन्, ‘युद्धभूमिमा रूसी आक्रामकता बढेकाे छ। रूसी नेतृत्वले एक वा दुई हप्तासम्म चल्ने अनुमान गरिएको तथाकथित ‘विशेष सैन्य अभियान’ को आज ५२२औँ दिन हो। यूक्रेन मजबूत बन्दै गइरहेको छ। बिस्तारै, युद्ध रूसको प्रतीकात्मक केन्द्रहरू र सैन्य आधारहरूमा फर्किरहेको छ। रासस/एएनआई

प्रकाशित: १८ साउन २०८० २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =