असोज ५ देखि ‘द भ्वाइस अफ नेपाल’ सिजन पाँच प्रसारण, दुई कोच परिवर्तन

हिमाल प्रेस २८ भदौ २०८० १२:४२
असोज ५ देखि ‘द भ्वाइस अफ नेपाल’ सिजन पाँच प्रसारण, दुई कोच परिवर्तन

काठमाडौँ- असोज ५ गतेदेखि चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को सिजन पाँच प्रसारण हुने भएको छ।

निर्माण टिमले असोज ५ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने जानकारी दिएका हुन्। यस सिजनमा अघिल्ला सिजनका २ कोच परिवर्तन गरिएको छ।

अघिल्ला चार सिजनका कोच प्रमोद खरेल र चौथो सिजनबाट जोडिएका कोच राजेश पायल राई यस सिजनमा निरन्तरता पाएका छन्। भने अन्य दुई परिवर्तन भएका छन्। गायिका मिलन नेवार र गायक उदय सोताङ यस सिजनमा थपिएका छन्।

मिलन यसअघि ‘द भ्वाइस किड्स’ मा कोच थिइन्। यस सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट १२० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा रहेको निर्माण टिमले जनाएको छ।

ब्लाइन्ड अडिसनबाट कोचको कुर्सी घुमाउन सफल ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २८ भदौ २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =