यामाहाले सार्वजनिक गर्‍यो एफजेड एस भीथ्रीको नयाँ संस्करण

हिमाल प्रेस २७ भदौ २०८० १९:०१
यामाहाले सार्वजनिक गर्‍यो एफजेड एस भीथ्रीको नयाँ संस्करण

काठमाडौँ- नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड एस एफआई भीथ्री मोटरसाइकलको नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ।

उक्त मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। ’नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘मोटरसाइकलको फ्युल इन्जेक्शन १४९ सीसीसहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित उक्त भर्सन ३.० मा एयर-कूल्ड फोर-स्ट्रोक १४९ सीसी एसओएचसी, दुई-भल्भ, एकल-सिलिन्डर ईन्धन-इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको छ,’ कम्पनीले भनेको छ।

प्रकाशित: २७ भदौ २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =