‘ब्लु स्ट्रिक्स’ पहल गर्ने यामाहा नेपालको घोषणा

हिमाल प्रेस २४ वैशाख २०८० १८:३१
2
SHARE
‘ब्लु स्ट्रिक्स’ पहल गर्ने यामाहा नेपालको घोषणा

काठमाडौँ- यामाहा नेपालले सम्बन्ध निर्माणका लागि ‘ब्लु स्ट्रिक्स’ पहल गर्ने घोषणा गरेको छ। यामाहाका मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालकलगायतबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले कम्पनीले ‘ब्लु स्ट्रिक्स’ पहल गर्ने घोषणा गरेको हो।

‘यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लू स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ।’

यामाहा मोटरसाइकल निर्माता मात्रै नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि रहेको कम्पनीको भनाइ छ। ‘ब्लु स्ट्रिक्स’ यामाहाका आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान–मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक बनाउने कम्पनीको भनाइ छ।

ब्लु स्ट्रिक्स कार्यक्रममा सहभागी भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेसक्ने कम्पनीको भनाइ छ।

‘ब्लु स्ट्रिक्सको सुरुवात यामाहाका लागि महत्त्वपूर्ण कोसेढुंगा हो,’ एमएडब्लयु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ। हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो।’

प्रकाशित: २४ वैशाख २०८० १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 2 =