कांग्रेस बैठकको मिति परिवर्तन

हिमाल प्रेस २७ भदौ २०८० १५:२७
2
SHARE
कांग्रेस बैठकको मिति परिवर्तन फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेस कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मिति परिवर्तन गरिएको छ। यसअघि असोज २ गते बस्ने भनिएको बैठक ४ गते दिउँसो १ बजे बस्न लागेको हो।

‘बैठक २०८० असोज ४ गते दिउँसो १ बजे बस्ने भएको छ’, पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रकाशित: २७ भदौ २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twenty =