प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

हिमाल प्रेस २६ भदौ २०८० १९:१९
10
SHARES
प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित फाइल तस्बिर।

काठमाडौँ- संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै स्थगन भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजे तोकेको बताएका छन्।

आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगन भएको छ।

प्रकाशित: २६ भदौ २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =