नेम्वाङको निधनप्रति ओलीले भने : मैले हितैषी मित्र र दु:खसुखको साथी गुमाए

हिमाल प्रेस २६ भदौ २०८० ९:३५
8
SHARES
नेम्वाङको निधनप्रति ओलीले भने : मैले हितैषी मित्र र दु:खसुखको साथी गुमाए

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो।’ ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिरहने बताएका छन्।

‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली’ ओलीले नेम्वाङका जीवनसंगिनी र परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन्। नेम्वाङको सोमबार राति निधन भएको थियो। निधन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरू त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका थिए।

प्रकाशित: २६ भदौ २०८० ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =