तीज महोत्सवमा भलिबल प्रतियोगिता

हिमाल प्रेस २५ भदौ २०८० ७:०८
2
SHARE
तीज महोत्सवमा भलिबल प्रतियोगिता

कास्की- पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा यही भदौ ३० देखि असोज १ गतेसम्म महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ नारासहित सो महोत्सव गर्न लागिएको हो । भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहने समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए।

महिलातर्फ एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवल तथा पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लब बुटवल, एपीएफ क्लब, नेपाल पुलिस क्लब, गलकोट स्पोर्टस् क्लब बागलुङ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः एक लाख ५० हजार एक सय ११ रुपैयाँ, एक लाख एक सय ११ रुपैयाँ र ५० हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन्। अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता र अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवका आकर्षण हुन्।

तीज गीत प्रतियोगितामा प्रथमलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ, तृतीयलाई २० हजार रुपैयाँ र सान्त्वनालाई १० हजार रुपैयाँ तथा अन्तरविद्यालयस्तरीय लोक नृत्यमा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष भण्डारीले जानकारी दिए।

भलिबल हेर्न चार हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ।

प्रकाशित: २५ भदौ २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + sixteen =