सभापतिको तयारीमा शशांक कोइराला, दसैँलगत्तै देश दौडाहामा जाने

हिमाल प्रेस २४ भदौ २०८० १८:४४
12
SHARES
सभापतिको तयारीमा शशांक कोइराला, दसैँलगत्तै देश दौडाहामा जाने

रामेछाप- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने स‌ंकेत गरेका छन्। त्यसका लागि आफू कार्यकर्ताको चाहना बुझ्न दसैँलगत्तै देश दौडाहामा जाने बताएका हुन्।

कांग्रेस रामेछाप मन्थलीले ११० औँ बिपी जयन्तीको अवसरमा आज (आइतबार) आयोजना गरेको कार्यक्रममा उनले कार्यकर्ताले आवश्यकता महसुस गरे सभापतिको उम्मेदवारी दिने बताए। ‘दशैँलगत्तै कार्यकर्ताको चाहना बुझ्न देश दौडाहामा जानेछु,’ उनले भने। सो क्रममा कार्यकर्ताले गरेको मूल्यांकनका आधारमा १५औँ महाधिवेशनमा सभापति पदमा उमेदवारी दिन चाहेको पनि उनले स्पष्ट पारे। यस्तै उनले कांग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उनको भनाइ छ।

उनले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार्दै कांग्रेस पाटी बिना गुट र बिना साहारा एक्लै लड्न तयार रहनुपर्ने बताए। ‘परिवर्तनका लागि लामो इतिहास बोकेको कांग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ता इमान्दार हुनुपर्दछ,’ उनले भने, ‘म अठोटका साथ भन्छु, कांग्रेसले एकजुट भएर आफ्नो विचारका आधारमा अगाडि बढेमा कुनै पनि शक्तिले कहिलै पनि हराउन सक्दैन।’

प्रकाशित: २४ भदौ २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =