हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २३ भदौ २०८० १७:४१
6
SHARES
हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरेश वाग्ले ‘वासु’लगायत हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताएका छन्।

सुरेश वाग्लेले अध्यापन गराएको जनता माध्यमिक विद्यालयमा शनिबार आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४औँ स्मृतिसभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण गर्दै माओवादीले उठाएका मुद्दा र जनताको चाहाना पूरा गर्न अझै बाँकी रहेको बताए। आफू प्रधानमन्त्री बनेपछि सरकारले जनयुद्ध र जनयुद्धका सहिद बेपत्ता र योद्धालाई सम्मान गर्ने वातावरण बनाएको उनको भनाइ थियो।

त्यसको सुरुवात जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदको घोषणा गरेर राजपत्रमा प्रकाशित गरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर गरिएको उनले बताए।

अहिले सत्य निरूपण तथा बेपत्तासम्बन्धी विधयेक प्रक्रियामा रहेको बताउँदै उनले पारित भएपछि देशैभर सहिद बेपत्ता परिवारको सम्मान हुने बताए। सहिद वासु २०१० सालमा गोरखा जिल्लाको आँपपिपल गाविस-५ रातडाँडामा एक किसान परिवारमा जन्मिएका थिए।

उनी नेपालको इतिहासमा पुरानो निरंकुश सामन्ति राजतन्त्रात्मक राज्य सत्ताको अन्त्य गर्दै नयाँ जनवादी राज्य स्थापनाका लागि तात्कालीन माओवादीको नेतृत्वमा २०५२ फागुन १ बाट भएको जनयुद्धमा सहभागी थिए।

पार्टीको जिम्मेवारी बहन गर्न अघि बढ्ने क्रममा २०५६ भाद्र २३ गते गोरखाको गाँखुमा अभियानको क्रममा आत्मसर्मपण नगरेको र पार्टीको आन्तरिक कुरा नखोलेको भन्दै तत्कालीन राज्यपक्षले क्रुरतापुर्वक उनको हत्या गरेको थियो।

प्रकाशित: २३ भदौ २०८० १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =