सकियो पृतनापति समन्वयात्मक बैठक

हिमाल प्रेस २२ भदौ २०८० २०:४२
12
SHARES
सकियो पृतनापति समन्वयात्मक बैठक

काठमाडौँ- जंगी अड्डामा भएको दुईदिने पृतनापति समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकमा सहभागीहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको परिस्थितिको विश्लेषण, अपरेसनल अवस्थालगायत प्रधानसेनापतिसमक्ष गरेको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सञ्चालित तालिमहरूको प्रभावकारिता तथा अघिल्लो पृतनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरूको प्रगति सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए।

समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले बैठकले समग्र देशको परिस्थितिलाई बुझेर आइपर्न सक्ने चुनौतीहरूको पहिचान गरी सोको सामना गर्न अपनाउनुपर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताए।

आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन बैठक सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्दै प्रधानसेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी उपलब्धिहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए। उनले बैठकमा भएका छलफललाई तल्लो दर्जा र एकाइसम्म प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सहभागीहरूलाई निर्देशन दिए।

प्रकाशित: २२ भदौ २०८० २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =