शिक्षक सरुवा गर्न खोज्दा विद्यार्थी आन्दोलित

हिमाल प्रेस २२ भदौ २०८० १७:३१
308
SHARES
शिक्षक सरुवा गर्न खोज्दा विद्यार्थी आन्दोलित

जकपुरधाम- महोत्तरीको सोनमा गाउँपालिका-२ स्थित सरस्वती जनता माध्यमिक विद्यालयमा शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थी आन्दोलित भएका छन्। गणित, अंग्रेजी र मामाजिक अध्ययन विषय पढाउँदै आएका शिक्षकहरू शत्रुधनप्रसाद यादव, तेजनारायण मण्डल र सिकेन्द्र श्रेष्ठलाई सरुवा गर्न खोजेको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन्।

आन्दोलन नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।  शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा गाउँपालिकाका अध्यक्षको आदेशमा कक्षा आठमा अध्ययनरत एक १५ वर्षीय विद्यार्थी अफजल सेखलाई कुटपिट गरी घाइते बनाएपछि आन्दोलन चर्किएको विद्यार्थीले बताएका छन्।

आन्दोलनका क्रममा विद्यार्थीले गाउँपालिकाको भवन, गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी, खैरबन्नी सशस्त्र प्रहरीको गाडीमा तोडफोड गरेकमा छन्। यस्तै दुईवटा मोटरसाइकलमा आगो लगाइदिएका थिए। घटनामा दुई जना प्रहरी जवान र पाँच जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश मल्लले जानकारी थिए।

घाइते पाँच विद्यार्थीमध्ये चारजनाको जानकी एकेडेमी पर्सा रामगोपालपुरमा उपचार गरिएको छ भने एकजना विधार्थीलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा रेफर गरिएको छ।

गाउँपालिकाका अध्यक्ष विशेश्वरप्रसाद यादवले शिक्षक सरुवाको चर्चा मात्रै चलाउँदा विद्यार्थी आन्दोलित बनेको बताए। उनले आन्दोलनमा हाम्रा केही विपक्षीहरूको घुसपैठले शान्तिपूर्ण सुरु भएको आन्दोलनले उग्र रूप लिएको बताए। केही आन्दोलकारी गिरफ्तारसमेत भएका छन्। गिरफ्तार हुनेमा सोनमा गाउँपालिका-२ का लालिन्द्र यादव, उपेन्द्रकुमार शाह, नैजामुदिन अन्सारी, महेशकुमार यादव, रामकेवल यादव छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी मल्लले जानकारी दिए।

प्रकाशित: २२ भदौ २०८० १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =