शुक्रबार यी तीन जिल्लामा सार्वजनिक बिदा

हिमाल प्रेस २१ भदौ २०८० २१:२२
18
SHARES
शुक्रबार यी तीन जिल्लामा सार्वजनिक बिदा

हेटौँडा- बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेकोहो।

आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले प्रदेशका मकवानपुर, चितवन र धादिङमा बिदा दिने निर्णय गरिएको जानकारी दिए। अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको भन्दै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जुटेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गरे।

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आआफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङले बताए। रासस

प्रकाशित: २१ भदौ २०८० २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =