आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

हिमाल प्रेस ११ जेठ २०८० ६:२१
4
SHARES
आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहीबार (आज ) सार्वजनिक बिदा दिइएको छ। रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा सूचनामा उल्लेख छ।

‘०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयद्वारा सूचनामा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =