तस्बिरमा सुर्खेतको लाखे जात्रा

रमा केसी २१ भदौ २०८० २०:४९
70
SHARES
तस्बिरमा सुर्खेतको लाखे जात्रा

सुर्खेत- सुर्खेतमा लाखे जात्रा मनाइएको छ। सुर्खेतको मुख्य बजार वीरेन्द्रनगरमा बिहीबार दिनभर लाखे नाच र रथ यात्रा प्रदर्शन गरिएको हो।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको लाखे जात्रा सुर्खेत जिल्लाका विभिन्न ठाउँमा मनाइयो। लाखे जात्रा एक महिनाअघिदेखि टोलटोलमा घुमेर लाखे नाच देखाउने गरिएको थियो।

लाखे जात्रालाई नेवार समुदायले विशेष महत्त्वका साथ मनाउने गर्छन्। यस वर्ष सैनिक आवासीय महाविद्यालयले जीवनलाई प्रकृति, संस्कृृति र प्रविधिसँग जोड्ने शिक्षा भन्ने मूल नाराका साथ यो वर्ष लाखे जात्रा तथा श्रीकृष्ण रथ यात्रा गरेको महाविद्यालयका प्रमुख प्रेमबहादुर विश्वकर्माले जानकारी दिए।

सुर्खेतमा राधाकृष्णा मन्दिरलगायत आधा दर्जन ठाउँबाट श्रीकृष्ण रथ यात्रा निकालिएको थियो।

 

प्रकाशित: २१ भदौ २०८० २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =