शुक्रबार काठमाडौँ महानगरमा शोक बिदा

हिमाल प्रेस २१ भदौ २०८० १५:२३
36
SHARES
शुक्रबार काठमाडौँ महानगरमा शोक बिदा

काठमाडौँ- काठमाडौँ महानगरले आफ्ना वडा अध्यक्षको निधन भएपछि शुक्रबार शोक बिदा दिने भएको छ। काठमाडौँ महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान निधन भएको हो।

उनको निधनमा शुक्रबार महानगरअन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। फोक्सोमा निमोनिया देखिएपछि उपचाररत रिजालको बिहीबार बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो।

पछिल्लो समय उनलाई डेंगीको पनि संक्रमण देखिएको थियो। उनी कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ सभापति र महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए।

काठमाडौँ महानगरपालिका वडा-१६ का वडाध्यक्ष रिजालको निधन

ज्वरो र निमोनिया देखिएपछि अस्पताल भर्ना भएका थिए रिजाल

 

 

प्रकाशित: २१ भदौ २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =