हुन्डाईको फेस्टिभ डिलाइट २०८० सार्वजनिक

हिमाल प्रेस २१ भदौ २०८० १२:४३
हुन्डाईको फेस्टिभ डिलाइट २०८० सार्वजनिक

काठमाडौँ- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँ, तिहार लक्षित फेस्टिभ डिलाइट, २०८० योजना सार्वजनिक गरेको छ।

हुन्डाइले हरेक वर्षको चाडबाडमा आकर्षक उपहारसहित यस्ता योजना ल्याउँदै आएको छ। यस वर्ष एक जना ग्राहकले हुन्डाईको एसयूभी लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन्।

हुन्डार्ड फेस्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाखसम्मको नगद छुट, स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुटका साथै एक वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

हुन्डाई नाडा अटो शो, २०२३ मा पनि सहभागी हुँदैछ। भदौ २१ देखि सुरु भएको फेस्टिभ डिलाइट योजना अटो शोमा गाडी खरिद गर्दासमेत लागू हुने कम्पनीले जनाएको छ।

हुन्डाईले आफ्ना सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्ष निःशुल्क सर्भिसिङ उपलब्ध गराउँदै आएको छ। यो योजना मंसिर ३ गतेसम्म लागू हुनेछ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: २१ भदौ २०८० १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =