संसदीय समितिको बैठकमा प्रधानमन्त्री गएनन्, परराष्ट्रमन्त्रीले दिए जवाफ

हिमाल प्रेस २१ भदौ २०८० १२:१९
6
SHARES
संसदीय समितिको बैठकमा प्रधानमन्त्री गएनन्, परराष्ट्रमन्त्रीले दिए जवाफ

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित रहेका छन्। चीन भ्रमणका बारे जानकारी दिन समितिले प्रधानमन्त्रीलाई बैठकमा बोलाएको थियो।

उनका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका छन्।
उनले प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा तयार भइनसकेको जानकारी दिएका छन्।

उनले कोभिडका कारण बन्द भएको चीनसँगको व्यापार नाका र परम्परागत नाका खोल्न आग्रह गर्ने विषयमा छलफल चलिरहेको बताए।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणका लागि सेप्टेम्बर २३ मा चीन जाँदैछन्।

प्रकाशित: २१ भदौ २०८० १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =