समाजवादी मोर्चाको सन्देशसभामा ४ हजार कार्यकर्ता उतार्ने

हिमाल प्रेस २१ भदौ २०८० ७:४२
4
SHARES
समाजवादी मोर्चाको सन्देशसभामा ४ हजार कार्यकर्ता उतार्ने

काठमाडौँ- समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते हजारौँ मान्छे उतार्ने भएको छ।

उनीहरूले कोशी प्रदेश लक्षित कार्यक्रम गर्न लागेका हुन् मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको समापन पनि विराटनगरमै गर्न लागेको हो। विराटनगरस्थित होटल मनास्लुमा रहने कार्यक्रमलाई चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा प्रदेश अध्यक्ष दीपक याक्खाले बताए।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विराटनगरको सन्देशसभालाई सम्बोधन गर्नेछन्।

सन्देश सभामा चार वटै दलका करिब ४ हजार अगुवा कार्यकर्ता प्रदेशभरिबाट सहभागी हुन विराटनगर आउनेछन्।

जसका लागि समाजवादी मोर्चाले चारवटै पार्टीलाई कोटा छुट्याएर १–१ हजार अगुवा कार्यकर्ता ल्याउन सर्कुलर गरेको छ। ‘यही भाद्र २५ गते सोमबार दिनको १२ः१५ बजेबाट मोर्चाको प्रदेशस्तरीय सन्देशसभा विराटनगरको होटल मनास्लुमा हुने भएको हुँदा कार्यक्रम सफल बनाउन अनुरोध गरिन्छ,’ सर्कुलरमा भनिएको छ।

प्रकाशित: २१ भदौ २०८० ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =