प्रधानमन्त्री प्रचण्डले दिए श्रीकृष्ण जन्माष्टमीको शुभकामना

हिमाल प्रेस २० भदौ २०८० ७:५३
4
SHARES
प्रधानमन्त्री प्रचण्डले दिए श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीकृष्णा जन्माष्टमीको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले आज हिन्दु धर्मालम्बीहरूले मनाइरहेको पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिएका हुन् ।

‘कृष्णाष्टमी २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रधानमन्त्री दाहालले आफनो शुभकामना सन्देशमा भनेका छन्।

प्रकाशित: २० भदौ २०८० ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =