इटहरीमा करवृद्धिको विरोध : मौन धर्नादेखि नो ट्याक्ससम्मका कार्यक्रम

हिमाल प्रेस १९ भदौ २०८० २१:५२
8
SHARES
इटहरीमा करवृद्धिको विरोध : मौन धर्नादेखि नो ट्याक्ससम्मका कार्यक्रम

इटहरी- इटहरी उपमहानगरपालिकाले तीन सय प्रतिशतभन्दा बढी करवृद्धि गरेको भन्दै नागरिक समाज इटहरीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। पत्रकार सम्मेलन गर्दै नागरिक समाज इटहरीले मौन धर्नादेखि नो ट्याक्ससम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराईले उपमहानगरलाई कर वृद्धिको विषयमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण बाध्य भएर  आन्दोलनमा जानु परेको बताइन्। उनले आन्दोलनको पहिलो दिन भदौ २० गते जनप्रतिनिधिहरूलाई एसएमएस पठाउने, २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी सेयर गर्ने कार्यक्रम रहेको बताइन्।

यस्तै २२ गते इटहरी उपमहानगरपालिका अगाडि मौन धर्ना दिने, २३ गते सरोकारवालाहरूसँग छलफल तथा बृहत् भेला गर्ने र २५ गते ‘नो ट्याक्स घोषणा’ गरी बृहत् नागरिक भेला आयोजना गर्ने कार्यक्रम तय गरिएको छ। उपमहानगरले करवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने नागरिक समाजले जनाएको छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘इटहरी उपमहानगरपालिकाले हालसम्म न त नगर विकासको योजना बनाएको छ, न त खर्चको प्राथमिकीकरण निर्धारण नै गरेको छ। भएकै विकास बजेट आधा पनि खर्च गर्न नसकिरहेको अवस्थामा कर बापत संकलित रकमले इटहरीको विकास हुने समेत कुनै सम्भावना देखिँदैन।’

प्रकाशित: १९ भदौ २०८० २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =