एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान जारी

हिमाल प्रेस १९ भदौ २०८० १०:२५
2
SHARE
एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान जारी

लुम्बिनी- नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

भदौं १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुन लागेको हो।

बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन्।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।

सचिवमा दाङका लक्ष्मण आचार्य (निर्विरोध) उम्मेदवारी पर्दा उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी-बाँके, पूर्ण बुढामगर-रोल्पा र हिरा एसी-गुल्मी हुन्।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ। नेतृत्वका लागि १००४ जना प्रतिनिधिले मतदान गर्दै छन् ।

प्रकाशित: १९ भदौ २०८० १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =