केन्द्रले माग्यो सबै जिल्लासँग शिक्षक दरबन्दी विवरण [ढाँचासहित]

हिमाल प्रेस १७ भदौ २०८० १३:३९
3.1k
SHARES
केन्द्रले माग्यो सबै जिल्लासँग शिक्षक दरबन्दी विवरण [ढाँचासहित]

काठमाडौँ– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइसँग शिक्षकको रिक्त दरबन्दीको विवरण मागेको छ। केन्द्रले खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि दरबन्दी विवरण माग गरेको हो। केन्द्रले २०८० वैशाख १ देखि चैत मसान्तसम्म रिक्त भएका र रिक्त हुने दरबन्दीको विवरण अनिवार्य रूपमा पठाउन भनेको छ।

खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकाले स्थानीय तहहरूको रिक्त विवरण नपठाउन केन्द्रले निर्देशन दिएको छ। साथै त्यस्तो पदमा कुनै पनि व्यहारेकाले पदपूर्ति नगर्न नगराउन पनि केन्द्रको निर्देशन छ।

केन्द्रका अनुसार दरबन्दी विवरण पठाउँद गत वर्षको विज्ञापनबाट पदपूर्ति हुन नसकेका पदसंख्या समावेश गर्न पाइने छैन। यस्तै मावि तहमा गणित–विज्ञान विषय नहुने भएकाले गणित वा विज्ञान विषयमा अलगअलग विषयगत रिक्त विवरण पठाउन र ऐच्छिक विषय खुलाएर पठाउन केन्द्रले निर्देशन दिएको छ। साथै आयोगबाट गरिने विज्ञापनका लागि पठाइएका रिक्त दरबन्दीमा कुनै पनि व्यहोराले स्थायी पदपूर्ति नगर्न केन्द्रले निर्देशन दिएको छ।

विवरण तोकिएको ढाँचामा भदौ ३१ गतेभित्र पठाइसक्नुपर्नेछ।

बाल विकास केन्द्रको विवरण माग

प्रकाशित: १७ भदौ २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =