प्रचण्ड भारत जाँदा देशको हितमा कुनै काम गरेनन् : प्रदीप ज्ञवाली

हिमाल प्रेस १६ भदौ २०८० १४:५९
8
SHARES
प्रचण्ड भारत जाँदा देशको हितमा कुनै काम गरेनन् : प्रदीप ज्ञवाली

लुम्बिनी- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कुर्सीका लागि दीर्घायू भव गर्न जस्तोसुकै सम्झौता गर्ने प्रवृति बढेको बताएका छन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा मुलुकको हितमा कुनै पनि काम नभएको बताउँदै कुर्सी लागि सम्झौता मात्रै गर्ने काम भएको बताए।

शनिबार (आज)देखि बुटवलमा सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन।

उनले सरकारले भ्रष्टाचारको ढोंङ गरेर सत्ताको बलमा सुनपानि छर्कने काम भएको बताए। ‘हिजो मात्रै ललिता निवासमा जोडिएका माधव नेपाललाई बचाउने काम भयो भनेर भन्नुभयो, आफ्नालाई सुनपानी छर्केर जोगाइयो,’ उनले भने, ‘आफ्नालाई जोगाएर विपक्षी तर्साउने काम मात्रै भएको छ।’

अधिवेशनका सन्दर्भमा उपमहासचिव ज्ञवालीले कार्यकर्तालाई नेतृत्व तयन गर्न दिनुपर्ने बताए। ‘सबैखालको निरकुशताको अन्त्य र लोकतन्त्रका लागि जसरी लडेका छौं, त्यसैगरी आन्तरीक लोकतन्त्रमा पनि हामी अब्बल छौ,’ उनले भने। उनले लुम्बिनीले कम्युनिस्ट आन्दोलन, गणतन्त्रको अगुवाई गर्ने थलो भएको बताउँदै प्रथम अधिवेशनले त्यसलाई पुष्टि गर्ने गरि एकताको सन्देश दिनुपर्ने बताए।

यस्तै अधिवेशनमा नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेलाई चारैतिरबाट घेराबन्दी गरिएकाले त्यसलाई तोड्ने गरि अधिवेशनले सन्देश दिनुपर्ने बताए। उनले नवजोवान युवाहरू दैनिक विदेश जानु परेको बताउँदै अब त्यस्ता जनशक्तिलाई यहि देशमा राख्न राजनीति सही ट्रयाकमा हिँडाउनुपर्ने बताए।

 

प्रकाशित: १६ भदौ २०८० १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =