तस्करीको सामान बरामदपछि झडप, दुई प्रहरी र एक स्थानीय घाइते

हिमाल प्रेस १५ भदौ २०८० १६:४३
344
SHARES
तस्करीको सामान बरामदपछि झडप, दुई प्रहरी र एक स्थानीय घाइते

काठमाडौँ- सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी कर्मचारी र एक जना स्थानीय घाइते भएका छन्। बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलीका चोकबाट भाद्र १४ गते राती ९.३० बजे नं. ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो।

हार्डवयरका ती सामानको पुरा भन्सार तिरेको नपाइएपछि सशस्त्र प्रहरीले सामान बरामद गरेको हो तर भन्सार छलिका उक्त सामान फिर्ता पाउनु पर्छ भनि ल्याउने व्यक्तिहरू र स्थानीय बासिन्दा करीब १ सयदेखि १२० जना भेला जम्मा भई ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेका थिए।

तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र विओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई सम्झाइ बुझाइ गरेपश्चात फिर्ता भएकोमा सामान ल्याउने व्यक्तिहरू पुनः रातको १०ः३० बजे सो स्थानमा आएरु ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि एक्कासी ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा सोही उपमहानगरपालिका १४ बस्ने १८ बर्षिय जहित हसमित सामान्य घाइते भएका थिए।

ढुंगामुढा प्रहारबाट नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन्। यस्तै ना १ झ. ५७४ नम्वरको गाडीमा क्षति पुगेको छ।

प्रकाशित: १५ भदौ २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =