शाओमी प्याड-६ सार्वजनिक, सुरुवाती मूल्य ३९ हजार ९९९

हिमाल प्रेस ११ भदौ २०८० १८:०२
शाओमी प्याड-६ सार्वजनिक, सुरुवाती मूल्य ३९ हजार ९९९

काठमाडौँ- शाओमी नेपालले प्याड-६ स्मार्टफोन सार्वजनिक गरेको छ। यसमा ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७० प्रोसेसर, १४४ हर्ट्ज रिफ्रेस रेट र ८८४० एमएएचको ब्याट्री दिइएको छ।

शाओमी प्याड-६ मा १३ एमपी रियर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ। यो स्मार्टफोनले ब्लुटुथ ५.२ र वाईफाई ६ को समर्थन गर्दछ। यसमा भएको ८०२.११ ए/बी/जी ले उच्च गति र भरपर्दो इन्टरनेट कनेक्सन प्रदान गर्ने कम्पनीको दाबी छ।

यसका साथै कम्पनीले शाओमी प्याड ६ कीबोर्ड पनि सार्वजनिक गरेको छ। प्रयोगकर्ताहरूले ल्यापटप जसरी प्रयोग गर्न, इमेल संरचना गर्न, कागजात निर्माण गर्न र नोट लिनजस्ता कार्य गर्न किबोर्डलाई आफ्नो प्याड ६ मा कनेक्ट गर्न सक्नेछन्।

भदौ १५ गतेबाट बजारमा उपलब्ध हुने प्याड–६ स्मार्टफोनको आजदेखि दराजमा बुकिङ खुलेको छ। शाओमी प्याड ६ मिस्ट ब्लू र ग्रेफाइट ग्रे गरी दुई रंगमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ।

नेपालमा शाओमी प्याड ६ को ६/१२८ जीबी भेरियन्टको मूल्य ३९ हजार ९९९ र ८/२५६ जीबीको मूल्य ४३ हजार ९९९ तोकिएको छ। प्याड ६ किबोर्डको मूल्य ८ हजार ४९९ र शाओमी स्मार्ट पेन सेकेन्ड जेनेरेसनको मूल्य ९ हजार ९९९ रहेको छ।

प्रकाशित: ११ भदौ २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =