कोकाकोला नेपालका सक्षम मेन्टरसिप विजेता घोषणा

हिमाल प्रेस ९ भदौ २०८० १९:४७
6
SHARES
कोकाकोला नेपालका सक्षम मेन्टरसिप विजेता घोषणा

काठमाडौँ- कोकाकोला नेपालले सक्षम २.० मेन्टरसिप विजेता घोषणा गरेको छ। एटेलियर प्लेट फर्मसँगको साझेदारीमा कोकाकोलाले सक्षम २.० ‘योङ वुमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरसिप प्रोग्राम’ गर्दै विजेता घोषणा गरेको हो।

कार्यक्रम कोकाकोला नेपालको वुमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्त्वपूर्ण भाग बनेको कम्पनीले जानकारी दिएको छ। कार्यक्रमले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।

कार्यक्रमका लागि काठमाडौँ, पोखरा र चितवनका गरी ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए। आवेदकहरूमध्येबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा ८ फाइनालिस्टहरू छनोट गरिएको हो।

फाइनलिस्टहरूमा छनोट हुने केही क्राफ्ट्सकी वृन्दा दिवान, डुलुवा आउटडोर्सकी मेनुका गुरुङ, साउथ एण्ड साउथ ईस्ट प्रोजेक्टकी प्रकृति बस्याल, लर्नर्स रुमकी राशी महर्जन, सर्चड्की रोजिना बराल, बायो–इन्जाइम्सकी सरला महर्जन, ग्रीनस्पेस नेपाली शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन्।

एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कार्यक्रमले युवाहरूका आकांक्षा वास्ताविकतामा परिणत गर्न बाटो निर्देश गरिरहेको बताइन्। आठ फाइनालिस्टबाट मेनुका गुरुङ, राशी महर्जन, रसरला महर्जन विजेता बनेका छन्। उनीहरूले जनही १ लाख रुपैयाँ पुरस्कार पाएकी छन्।

प्रकाशित: ९ भदौ २०८० १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =