कोकाकोला दक्षिण पश्चिम एसियाको फ्रेन्चाइज अपरेसन उपाध्यक्षमा अजयविजय बथिजा

हिमाल प्रेस ८ साउन २०८० १५:२८
10
SHARES
कोकाकोला दक्षिण पश्चिम एसियाको फ्रेन्चाइज अपरेसन उपाध्यक्षमा अजयविजय बथिजा

काठमाडाैँ- कोकाकोला इन्डियाले अजयविजय बथिजालाई फ्रेन्चाइज अपरेसन फर दक्षिणपश्चिम एसियाको उपाध्यक्षमा नियुक्त गरेकाे छ। करिब २४ वर्षदेखि कोकाकोला कम्पनीसँग आबद्ध उनलाई कम्पनीले हालै उपाध्यक्षमा नियुक्त गरेकाे हाे।

सन् १९९९ मा अजयले हिन्दुस्तान कोकाकोला बेभरेज प्रालि र फ्रन्ट लाइन सेल्स टिमसँग व्यावसायिक यात्रा सुरु गरेका बथिजाले संगठनभित्र विभिन्न भूमिका तथा पदहरूमा सक्षम प्रमाणित भएका कम्पनीकाे भनाइ छ। उनी २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका थिए।

उनले कोलाजका लागि मार्केटिङ डाईरेक्टरको रूपमा भारत फर्केर ‘सेयर अ कोक’ अभियानको नेतृत्व गरे। कोकाकोला जिरो सुगर पहिलो पटक भारत र दक्षिणपश्चिम एसिया बजारमा ल्याउन उनकाे मुख्य भूमिका छ।

उनले एकीकृत मार्केटिङ अभियानहरूमार्फत थम्स अपलाई पुनरुत्थान गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेका कम्पनीकाे दाबी छ। २०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरको रूपमा काम गरेका अजयले विश्वव्यापी रूपमा द कोकाकोला कम्पनीभित्र बंगलादेशलाई कोकाकोलाका टप ३ बजारहरूमा ल्याउन बोटलिंग पार्टनरहरूसँग नजिक रहेर काम गरेका थिए।

सन् २०२० मा उनी फ्रन्ट लाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टरका रूपमा काम गरे। त्यहाँ उनले पोर्टफोलियो स्ट्राटेजी पंक्तिबद्ध रूपमा सञ्चालन गरेका थिए। साथै सिमलेस कमर्सियल र मार्केटिङ कार्यान्वयनमा सहजीकरण गरेका उनले बंगलादेशमा कम्पनीको सबैभन्दा चर्चित म्युजिकल फ्रेन्चाइजी ‘कोक स्टुडियो’ सुरु गरे। उनको अग्रगामी ‘इज कुकिंग’ले कोक र खानाको अनुभव प्रदान गर्ने प्लेटफर्मका साथै ‘कोलकाता कुकिङ’सँग कोकाकोलाको ब्रान्ड लोकप्रिय बनाउन भूमिका निर्वाह गरे।

भारत र दक्षिणपश्चिम एसियाका अध्यक्ष संकेत रेले व्यवसायको बुझाइ र विकासको मानसिकतासहित व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने प्रमाणित ट्र्याक रेकर्ड अजयसँग रहेकाे बताए। ‘हामी आशावादी छौँ कि उहाँको असल व्यावसायिक कौशलता र सहयोगी दृष्टिकोणले उहाँले दक्षिणपश्चिम एसिया क्षेत्रमा यस संगठनको उद्देश्यलाई अगाडि बढाउनुहुनेछ,’ उनले भने।

अजयले मुम्बईबाट मार्केटिङ म्यानेजमेन्टमा मास्टर्स गरेका छन्। उनले एचआर कलेज अफ कमर्स एन्ड इकोनोमिक्सबाट वाणिज्यमा स्नातक गरेका छन्।

प्रकाशित: ८ साउन २०८० १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =