केन्द्रीय नेतालाई पालिकामा खटाउँदै जसपा

हिमाल प्रेस ९ भदौ २०८० ७:०६
22
SHARES
केन्द्रीय नेतालाई पालिकामा खटाउँदै जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने भएको छ।

३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरुलाई खटाउन लागिएको जसपाले जनाएको हो।

सो क्रममा नेताहरूले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रमहरु सञ्चालन गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

साथै नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्ताहरुलाई प्रशिक्षित गरिने छ। यस अवधिमा संगठनको अभिलेख संकलन र सदस्यता बितरण कार्यसमेत हुने उनले बताए।

सोही बमोजिम पार्टीले आउँदो शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्न लागेको पनि बस्नेतले जानकारी दिए।

प्रकाशित: ९ भदौ २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =