संसदीय समितिको सभापतिमा आफ्नै उम्मेदवार उठाउने रास्वपाको निर्णय

हिमाल प्रेस ८ भदौ २०८० १९:११
18
SHARES
संसदीय समितिको सभापतिमा आफ्नै उम्मेदवार उठाउने रास्वपाको निर्णय रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको विषयगत समितिका सभापतिहरूमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। शुक्रबार साँझ संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय समितिका सभापतिमा आफ्नै पार्टीका सांसदलाई उम्मेदवार बनाउने निर्णय गरेको सचेतक निशा डाँगीले जानकारी दिइन्।

‘संसदीय समितिको सभापतिमा रास्वपाले आफ्नै उम्मेदवार खडा गर्ने निर्णय आजको बैठकले गरेको छ,’ उनले भनिन्, ‘सरकारले ल्याएको संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालते दिएको आदेशको स्वागत गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।’

उनले रास्वपाबाट संसदीय समितिका सभापितको उम्मेदवार को हुने भन्नेबारे भने टुंगो लागिनसकेको बताइन्।

त्यस्तै आजको बैठकमा संसद्‌मा रास्वपाले दर्ता गरेको संकल्प प्रस्ताव र सार्वजनिक महत्त्वको प्रस्तावमा भदौ १६ गतेपछि बस्ने संसद्‌ बैठकमा छलफल गर्नेबारे पनि जानकारी गराइएको थियो।

भदौ ११ गते ३ बजे संसदीय समितिको सभापतिको निर्वाचन हुने कार्यतालिका छ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको भागबण्डा गरेर सभापतिको बाँडफाँट गरेका छन्। समितिको सभापतिका लागि राष्ट्रिय मान्यता पाएका दलहरू रास्वपा र राप्रपालाई भने बाइपास गरेका छन्।

सभापतिका लागि सत्तारुढ दल नेपाली कांग्रेसले ४, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी, जसपा र जनमतले एक/एक, नेकपा एमालेले ३ वटा समितिका सभापति पाउने सहमति दलहरू गरेका छन्।

प्रकाशित: ८ भदौ २०८० १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =