सम्भावित दुर्घटना टार्न सभा, र्‍याली नगर्न सुनसरी प्रशासनको निर्देशन

हिमाल प्रेस ८ भदौ २०८० १६:३१
20
SHARES
सम्भावित दुर्घटना टार्न सभा, र्‍याली नगर्न सुनसरी प्रशासनको निर्देशन

इटहरी- धरानमा र्‍याली तथा प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै धरानमा पछिल्लो समय डेंगी महामारी फैलिएकाले‍ कुनै पनि सामाजिक, धार्मिक, राजनैतिक सभा, र्‍याली, प्रदर्शनलगायतका कार्य नगर्न  निर्देशन दिएकी हुन्।

डेंगी नियन्त्रणका लागि भनिए पनि खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दू पक्षधरहरूबीच आरोप, प्रत्यारोप सुरु भएको छ। जसअनुसार धरानमा भदौ ९ गते हिन्दुवादीहरूले शान्तिपूर्ण र्‍याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएको प्रशासनसमक्ष जानकारी आएको थियो।

धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सबै वडा कार्यालयसहित सम्बन्धित निकायले उक्त आदेश लागू गर्न जनाइएको छ। आदेश विपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ।

गोवध प्रकरण र धरान उपमहानगरमा मन्दिरकै छेउमा निर्मित चर्च काण्डबारे पनि विरोध गरिने कार्यक्रम तय थियो। श्रीवैश्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय, शिवसेना नेपाललगायत गौवंश हत्याको विरोधमा भदौ ९ गते ‘गोरक्षा शान्ति र्‍याली’ आयोजना गर्ने तयारीमा जुटेका थिए।

सद्‍भाव खोजिरहेको धरान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =