कांग्रेसको जबरजस्ती सधैँ टिक्दैन, कोशीमा अब एमालेकै सरकार बन्छ : केपी ओली

हिमाल प्रेस ८ भदौ २०८० १५:२८
12
SHARES
कांग्रेसको जबरजस्ती सधैँ टिक्दैन, कोशीमा अब एमालेकै सरकार बन्छ : केपी ओली केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा छिटै आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। आज शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले असंवैधानिक तरिकाले बनेको सरकार धेरै नटिक्ने र अब एमालेकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका हुन्।

सरकार बनाउन बहुमत चाहिएला नि भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ओलीले एमालेको बहुमत पुग्ने दाबी गरे।

‘सरकार बन्न ४७ सांसदको समर्थन चाहिन्छ। अब एमालेको सरकार बन्दा ४७ होइन ५० भन्दा बढी सांसदको समर्थन हुन्छ,’ उनले भने। अध्यक्ष ओलीले संविधानविपरीत कोशीमा मुख्यमन्त्री उद्वव थापाले प्रदेशसभाबाट विश्वासको मत लिएको बताए। ‘संविधान मिचेर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको छ,’ उनले भने, ‘कांग्रेसको बलजफ्ती एकछिनका लागि हो। सधैँ चल्दैन।’

उनले हतियार नै उठाएर हिँडेको माओवादी केन्द्रले नमाने पनि कांग्रेसजस्तो पुरानो पार्टीले संविधान मान्नुपर्ने बताए। ‘हतियार नै उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय होइन। तर, कांग्रेसजस्तो पुरानो पार्टीले कम्तीमा संविधान मान्नुपर्थ्यो,’ ओलीले भने। अध्यक्ष ओलीले सत्ता गठबन्धनकै दलका कारण कोशीमा अस्थिरता उत्पन्न भएको बताए।

कोशी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

प्रकाशित: ८ भदौ २०८० १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =